stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालको आर्थिक बृद्विदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल गर्न सक्ने प्रक्षेपण गरेको छ। सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो।

नेपाल सरकारले भने ७ प्रतिशतको हाराहारी आर्थिक वृद्धिदर हुने जनाइरहेको छ। कोरोनाविरुद्ध थालिएको खोप अभियानले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर हासिल हुन सक्ने अनुमान विश्व बैंकको रहेको छ। नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ।

विश्व बैंकले यो वर्ष सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ। यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ।

माल्दिभ्सले ११ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको अनुमान रहेको छ। भारत ८.३ प्रतिशतको आर्थिक वृद्धिदरसहित दोस्रो स्थानमा रहने विश्व बैंकले जनाएको छ। बंगलादेश ६।४ प्रतिशतको आर्थिक वृद्धिदरसहित तेस्रो र भुटान ५.१ प्रतिशतको वृद्धिदरसहित चौथो स्थानमा रहने विश्व बैंकको अनुमान रहेको छ।

विश्व बैंकका अनुसार पाकिस्तानले ३.४ प्रतिशत र श्रीलंकाले २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नेछन्।
सन् २०२१ को मध्यपछि सार्क मुलुकमा कोरोनाको दोस्रो लहर कम भएको थियो। त्यसपछि अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सार्क मुलुकमा व्यापार, आतिथ्य र पर्यटन सेवामा भने महामारीभन्दा अगाडिको स्तरमा पुग्न नसकेको विश्व बैंकको ठहर छ। समग्रमा दक्षिण एसियाली भेगले ७.६ प्रतिशत र विश्वले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर ४.१ हासिल गर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ।

prabhu mahalaxmi
kumari