citizens life insurance long ad
stcnepal long ad

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा भूषाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) निकट सञ्चारकर्मीहरूको संगठन प्रेस चौतारी नेपाल काठमाडौ जिल्लाको अध्यक्षमा मुकुन्द भुषाल सर्बसम्मत रूपमा चयन भएका छन ।

आज पुस २७ गते मंगलबार बागबजारको होटल हार्दिकमा आयोजित प्रेस चौतारी नेपालको काठमाडौं जिल्लाको पाँचौ जिल्ला अधिबेशनले भुषालको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा शुभद्रा धिताल, श्रीराम तिबारी,सचिबमा लक्ष्मण शर्मा, सहसचिबमा जिपी पौडेल, कोषाध्यक्ष रामचन्द्र कार्की, सदस्यहरूमा रामेश्वर ढकाल, सर्मिला सुवेदी, राजेन्द्र पाण्डे, मेनुका कार्की, कमल पन्थी, विपीन पोखरेल, राजकुमार सिलवाल, रुपा निरौला लगायत रहेका छन् ।

IME Life
kumari