माओवादी केन्द्रको हेडक्वाटरका सबैलाई कोरोना
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयका दुई जना बाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको बताइएको छ ।
कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पुस २२ गते बिहीबारबाट सम्पूर्ण भेटघाट बन्द गरेका छन् ।
कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बसेका छन् । प्रचण्डले बिहीबारबाटै भेटघाट बन्द गरेको जानकारी दिँदै उनको सचिवालयले विज्ञप्ति पनि जारी गरेको छ।























