citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा दोहोरो अंकको बढयो तर कारोबार रकम भने घटयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पुस २२ गते बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

बजार आज ४३.२९ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६९२.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ९.१६ अंकले बढेर ५०६.१६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर साँढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

पुँजीबजार विश्लेषमहरू भन्छन्( बजारको बढाइले लगानीकर्ताको मनोबल बढ्दै गएको बुझ्न सकिन्छ। आगामी दिनमा बजार सकारात्मक नै हुन्छ।

तरलता सहज हुनु, सीडी रेसियो घट्दै जानु, पुँजीगत खर्च बढ्नुजस्ता कारणले बजार बढ्नलाई सहयोग गरेको छ। अहिले धेरै लगानीकर्ताहरुले रिस्कभन्दा रिवार्ड बढी देखेर लगानी गरेको देखिन्छ। बजार थप बढ्ने अनुमानमा बेच्नेहरु पछाडि हट्दा कारोबार रकम भने घटेको छ।

सक्रिय लगानीकर्ताहरू भन्छन( तरलता सहज हुनु, पुस मसान्तमा तिर्नुपर्ने ब्याजको पनि जोहो गरिसक्नु र सबैतिर सकारात्मक महौल बन्दा बजार बढेको देखिन्छ । आगामी दिनमा पनि सामान्य करेक्सनहुँदै बजार अगाडि बढ्ने देखिन्छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक ३.४८ प्रतिशतले उकालो लागेको छ।

जलविद्युत समूह २.४८ प्रतिशतले बढेको छ। आज बैंकिङ समूहमा १.९५ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा १.२४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०५ प्रतिशत, अन्य समूहमा १.०३ प्रतिशत, लघुवित्त समूहमा १.०३ प्रतिशत, जीवन बीमा समूहमा ०.७८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६४ प्रतिशत र लगानी समूहमा १.९६ प्रतिशतको बढोत्तरी भएको छ ।  आज व्यापार समूह ०.६८ प्रतिशतले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन समूहमा ०.०८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृत २३८ कम्पनीका ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक १६ करोड ३७ लाख रुपैयाँको बढीको कारोबार भएको छ। दोस्रो बढी कारोवार एनआईसी एसिया बैंक लि.को १४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेसनल माइक्रोफाइनान्सको १० करोड रुपैयाँ, गरिमा विकास बैंकको ९ करोड ३३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ७७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ७२ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ५५ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ५३ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड ३७ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

आज तीन कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स र तेह्रथुम पावरको सेयरमूल्यमा १० प्रतिशत तथा मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।

 

IME Life
kumari