citizens life insurance long ad
stcnepal long ad

जनरल इन्स्योरेन्स पनि अब NPI मा आबद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS र connectIPS प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी NPIमा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ ।

NPI सँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत connectIPS बाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै NPI मा आबद्ध रहेका छन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६९ गैर–बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सन् ६ अषाढ २०७५ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, बीमा, व्यापार, उत्पादन, पर्यटन, जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरूद्वारा प्रवर्धित यस कम्पनी सधैं आफ्ना ग्राहकहरूलाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रित छ ।

एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरू मार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मद्दत गर्ने विश्वास छ ।

IME Life
kumari