citizens life insurance long ad
stcnepal long ad

आजदेखि वर्षात र हिमपात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजबाट देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

आजदेखि शनिवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ । ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ । बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक(दुई स्थानमा वर्षा पनि हुने जनाइएको छ ।

IME Life
kumari