citizens life insurance long ad
stcnepal long ad

पुसको चिसोमा पनि किन सेयर बजार तातो ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सबैखाले व्यापारको सिजन वा मौसम हुन्छ। सेयर बजार पनि एउटा व्यापार र कारोबार नै हो। यसमा पनि सिजन, मौसम र समयले सेयरको मूल्यमा असर पार्ने गर्छ।

एक वर्षको चक्रमा सेयर बजारमा प्रायःजसो पुस र माघको चिसो महिनालाई सुख्खा सिजन अर्थात सेयर बजार घटने,स्थिर रहने समय पनि भनेर चिनिन्छ।

यो समयमा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुने र अधिकांश कम्पनीले लाभांश वितरण गरिसक्ने भएकाले लगानीकर्ता निष्क्रिय हुन्छन्। तर, सेयर बजारमा सधैँ एउटै नियमले काम गर्दैन।

यो वर्ष सेयर बजारमा केही भिन्न परिदृश्य देखिएको लगानीकर्ता, ब्रोकर सञ्चालक र सेयर बजार विश्लेषकहरू बताउँछन्। सेयर बजार विश्लेषकहरू अहिले पुसको चिसो महिनामा सेयर बजार एकाएक तात्नमा पाँच कारण रहेको बताउछन।

पहिलो कारण– अहिलेको सेयर बजार ३५ खर्ब रुपैयाँको बजार हो, त्यसमा जम्मा १ खर्ब रुपैयाँभन्दा पनि कम सेयर धितो कर्जाबाट आएको छ। अर्थात अधिक मात्रामा स्वपुँजीले बजार चलेको छ, बजार पनि धेरै मजबुत बनेको छ। सेयर धितो कर्जाले मात्रै बजार चलेको छैन।

बजार तात्नुको दोस्रो कारण अधिकांश लगानीकर्ता ऋणमुक्त हुनु रहेको छ। सेयर धितो कर्जा लिएर कारोबार गर्ने अधिकांशले बजार माथि गएको बेलामा ऋण चुक्ता गरिसकेका छन्। बजारमा अहिले धेरै लगानीकर्ता ऋणमुक्त भएका छन्।

तेस्रो कारण उच्च मूल्यमा सेयर बेचेर बसेका लगानीकर्ताहरु बजार ३२०० विन्दुबाट करिब १ हजार अंकले घटेको मौका छोपेर बजारमा पुनः पस्नु नै बजार चलायमान हुनु हो ।

चौथो कारणमा अहिले बजार व्यापक विस्तार हुनु नै हो। लगानीकर्ताको सहभागिता ठूलो हुनु नै बजार बढ्नुको आधार हो। बजार बढ्नुको पाँचौँ कारणमा अहिले नेपाल राष्ट्र बैंक तथा सरकारले लिएको नीतिलाई लिनुपर्ने हुन्छ।

विलाशिताका वस्तु आयातमा लगाइएको रोक र आयातमा निरुत्साहित गर्दा पनि सेयर बजारमा केही सकारात्मक प्रभाव परेको छ। सेयर बजार विश्लेषकहरू बजार यति नै बढ्छ भनेर अहिले किटेर तोक्न मुस्किल रहेको बताउछन। तर, बजार अब धेरै तल जाने ठाउँ छैन।

IME Life
kumari