citizens life insurance long ad
stcnepal long ad

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो लगायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ । हिजो बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुङ्गो लगाउन जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

सत्ता गठबन्धन दलसँग भएको सहमतिअनुसार माओवादी केन्द्रले पाँच जना उम्मेदवार छनोट गरेको छ।

माओवादी केन्द्रले प्रदेश २ को महिलामा सिटमा उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आले मगर, दलित तर्फ गोरखाका भरत सुनार, अपाङ्गता भएका तर्फ सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको जनाएको छ ।

निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएकोमा आज उल्लेखित उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रिय सभा सदस्य चुनाव आगामी माघ १२ गते हुनेछ । चुनावका लागि आयोगले यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।

IME Life
kumari