citizens life insurance long ad
stcnepal long ad

सुनको मूल्य ९ सयले घटयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापावाल सुन ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ७०० रुपैयाँमा झरेको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari