एनआईसी एशिया सबै क्षेत्रमा उत्कृष्ट बैंक
काठमाडौं । नेपालमा वित्तीय साक्षरता निरन्तर बढिरहेको छ । सरकारी नीति र नेपाल राष्ट्र बैंकको रणनीतिहरुलाई सहज रुपमा अवलम्बन गर्दै बैंक तथा वित्तीय संस्थाहरुको सक्रियताले नागरिकको तल्लो तहसम्म निजी बैंकहरु पुग्न सफल भएका छन् ।
नेपालमा ग्रामीण क्षेत्र र गरिबी धेरै भएकोले साक्षरता दरमा उल्लेख्य वृद्धि भएको छैन । साक्षतरता दरमा वृद्धि भएपनि वित्तीय साक्षरतमा भने नेपालीहरू धेरै कमजाेर छन ।
तर, निजी क्षेत्रका बैंक तथा वित्तीय क्षेत्रले नेपालका वित्तीय साक्षरता पुरयाउनमा ठूलो योगदान गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाप्रति नागरिकको विश्वासलाई बैंक तथा वित्तीय संस्थाले कायम राख्न सकेका कारण नै नेपालमा एक व्यक्ति एक खाताजस्ता अभियानले पनि सफलता पाएकाे छ ।
हरेक पालिकामा एउटा बैंकको शाखा कार्यालय स्थापना पुग्नुपर्ने सरकारी प्रयासमा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले विनाहिच्कचाहट प्रतिवद्वता जनाउदै सहयाेग गरेका पनि छन् ।
नेपालमा अहिले एक करोडभन्दा बढी व्यक्तिले बैंकमा खाता खोलेका छन् । यो सफलता नागरिकद्वारा बैंकप्रति गरेको विश्वास हो ।
त्यसैले ग्राहकको सफलता र बैंकको सफलता एक अर्काका परिपूरक हुन् भन्ने तथ्यलाई एनआईसी एसिया बैंक लिमिटेडले पनि हृदयङ्गम गरेको देखिन्छ । ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गदैं मासवेस बैंकिंग मार्फत् एनआईसी एसिया बैंकले आफ्नो व्यवसायिक लक्ष्यहरु हासिल गर्ने बैंकको रणनीतिलाई बैंकले मूर्तरुप प्रदान गर्दै गइरहेकाे छ ।
साथै कर्जा, निक्षेप, मुनाफा, शाखा,प्रविधि ,सुशासन,दक्ष जनशक्ति लगायतका व्यवसायका विविध विधाहरुमा प्रमुख कार्यकारी अधिकृत( सिईओ) रोशन कुमार न्यौपाने नेतृत्वमा एनआईसी एसिया बैंकले उत्कृष्ट उपलब्धि हासिल गर्दै गइरहेको छ ।
एनआईसी एसिया बैंकले कूल बचत निक्षेप रकम ७४ अर्ब ५४ करोड रुपैयाँ पुरयाएको छ । त्यसैले बचत निक्षेप रकमको हिसावले यो बैंक निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो स्थानमा रहेको देखिन्छ । कूल बचत निक्षेप वृद्धि रकम (मर्जर/एक्वीजिसन बाहेकको वार्षिक वृद्धि रकमको हिसावले) १६ अर्ब २७ करोड रुपैयाँ सहित वार्षिक बचत निक्षेप वृद्धिको हिसावले भने एनआईसी एसिया बैंक पहिलो स्थानामा रहेको देखिन्छ ।
त्यसैगरी व्याज दिन नपर्ने चल्ती खाताकाे निक्षेप १९ अर्ब ७८ करोड रुपैयाँ पुरयाई व्याज नपर्ने (चल्ती खाता) निक्षेप रकमको हिसावले एनआईसी एसिया बैंक निजी क्षेत्रका बैंकहरुमध्ये पहिलो स्थानमा रहेको छ ।
चल्ती र बचत निक्षेप ९४ अर्ब ३२ करोड रुपैयाँ पुरयाई चल्ती र बचत निक्षेप रकमको हिसावले याे बैंक निजी क्षेत्रका बैंकहरुमध्ये पहिलो स्थानमा स्थापित भएको छ ।
एनआईसी एसिया बैंकको सफलतामा नागरिकको विश्वास थपिँदै जाँदाको सफलता नै हो। खुद व्याज आम्दानी ७ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेकाे छ। यो रकम खुद व्याज आम्दानीको हिसावले बैंक तेस्रो स्थानमा रहेको छ ।
तर, बैंकको कूल अन्य आम्दानी ३ अर्ब २३ करोड रुपैयाँ आर्जन गरी कूल अन्य आम्दानीको हिसावले पनि याे बैंक पहिलो स्थानमा रहेको देखिन्छ । कूल अन्य आम्दानीको वृद्धि (मर्जर/एक्वीजिसन बाहेकको वार्षिक वृद्धि रकमको हिसावले) रकम ५६ करोड रुपैयाँ सहित कुल अन्य आम्दानीको वार्षिक वृद्धिको हिसावले एनआईसी एसिया बैंक पहिलो स्थानमा रहेको छ ।
कुल कर्जा रकम १ खर्ब ७३ अर्ब ७७ करोड रुपैयाँ पुरयाई कुल कर्जा रकमको हिसावले एनआईसी बैंक दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, कुल स्वदेशी निक्षेप रकम रु. २ खर्ब ८ अर्ब ८१ करोड पुरयाई कुल स्वदेशी निक्षेपको हिसावले बैंक निजी क्षेत्रका बैंकहरुमा दोस्रो स्थानमा रहेको छ भने स्वदेशी निक्षेप वृद्धि रकम (मर्जर/एक्वीजिसन बाहेकको वार्षिक वृद्धि रकमको हिसावले) ३८ अर्ब ४० करोड रुपैयाँ वार्षिक वृद्धि सहित एनआईसी एसिया बैंक वार्षिक स्वदेशी निक्षेप वृद्धिको हिसावले दोस्रो स्थानमा रहेको छ ।
नेपालमा २८ वटा वाणिज्य बैंकले सेवा प्रवाह गरिररहेका छन् । ती बैंकहरुमध्ये अग्रणी भूमिका यस एनआईसी एसिया बैंक देखिनु पनि नागरिकले गरेको विश्वास, भरोसाको प्रतिबिम्ब हो भन्न सजिलै सकिन्छ । निरज रञ्जितबाट


























