काठमाडौंमा रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्दै, उदघाटनमा विभिन्न अफर उपलब्ध
काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा खोल्दैछ।
रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उदघाटनमा निमन्त्रणा गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ। डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उदघाटनको दिनदेखि ग्राहकले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् –
दुई हप्ताका लागि २ वर्षभन्दा पुराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशत सम्म छुट र वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट,निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ। यो सर्भिस सेन्टर सीटीसी मलको पाँचौँ तलामा रहेको छ।
इन्ट्री–लेभल स्मार्टफोनहरुदेखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्य सहितको सूची तल दिइएको छ।























