citizens life insurance long ad
stcnepal long ad

मूल्य समायोजनपछिको यी ५ कम्पनीको सेयरभाउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको बोनस सेयरका लागि मञ्जुश्री फाइनान्स सहित ५ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मञ्जुश्री फाइनान्स सहित चिलिमे हाइड्रोपावर कम्पनी, समिट लघुवित्त संस्था, इन्फिनिटी लघुवित्त संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ।

समायोजित मूल्यअनुसार प्रतिकित्ता मञ्जुश्री फाइनान्सको ६७०.७१ रुपैयाँ, चिलिमे हाइड्रोको ४७६.८१ रुपैयाँ, समिटको ११६५.३४ रुपैयाँ, इन्फिनिटीको १३०७.७५ रुपैयाँ र एनआरएनको ५११.४३ रुपैयाँ कायम भएको छ।

यसअघिको अन्तिम कारोबार मूल्य अनुसार प्रतिकित्ता मञ्जुश्रीको ९३९ रुपैयाँ, चिलिमेको ५०२.९० रुपैयाँ, समिटको १४६० रुपैयाँ, इन्फिनिटीको १६७० रुपैयाँ र एनआरएनको ५३७ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्य अनुसार यी कम्पनीको सेयर कारोबारमा आउने छन्।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि यी कम्पनी आज पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस १४ गतेसम्म कायम सेयरधनीहरु यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

मञ्जुश्रीले गत आर्थिक वर्षका लागि कुल ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद (करसहित) छन्। प्रस्तावित लाभांश मञ्जुश्रीको यही पुस २९ गते हुने १४ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षका लागि ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीकोे यही पुस २३ गते हुने २५ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।

समिट लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २५.२८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही पुस २४ गते हुने १३ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने जनाएको छ।

इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २९.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २७.७ प्रतिशत बोनस र १.४६ प्रतिशत नगद (कर प्रयोजनार्थ) छन्। प्रस्तावित लाभांश संस्थाको यही पुस २७ गते हुने पाँचौँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

एनआरएन इन्फ्रास्ट्रक्चरले गत आर्थिक वर्षका लागि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद (करसहित) छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने नवौँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने छन्।

 

IME Life
kumari