प्रहरीका ३६७ जना असईको सईमा बढुवा र पदस्थापन
काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले गत साता सई बढुवाका लागि सिफारिस गरिएका ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ । यस्तै उनीहरुको पदस्थापन समेत गरिएको जनाएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा तथा पदस्थापन गरेको जनाएको छ ।























