एनसीसी बैंकका ग्राहक र कर्मचारीलाई होटेल सिराइचुलीमा विशेष छुट
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंक लि।ले ग्राहक माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ।
बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन्। हालै एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटेल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको सो बैंकले जनाएको छ।
बैंक र होटेलबीच एनसीसी बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई होटेलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको जनाएको छ।
होटेलले फुड एन्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ। हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा, ११ वटा एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।
एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको जनाएको छ।


























