citizens life insurance long ad
stcnepal long ad

सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल १० दिनभित्र काठमाडौंसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने जानकारी दिनुभयो हो ।

यसअघि मन्त्रालयले सूचना जारी गर्दै पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान तत्कालका लागि स्थगित गरेको जानकारी दिएको थियो ।

मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो ।

सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताउनुभयो । साथै फाइजर खोपलाई चाहिँन सिरिन्ज जनवरी ४ अर्थात् पुस २० गतेसम्म आइपुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।

IME Life
kumari