citizens life insurance long ad
stcnepal long ad

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्ततः सकिए छिट्टै सञ्चालनमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अनेकन विवाद, हण्डर र ठक्कर खाएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्ततः सकिएको छ । स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या तथा निर्माण व्यवसायीको प्रभावकारी कार्यक्षमताको अभावसमेत बेहोरेको सो प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

प्रसारण लाइनको मार्ग परिवर्तन माग गर्दै उदयपुरको कटारी नगरपालिका–४ मरुवामा करिब दुई वर्षदेखिको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम सकिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर प्रयास, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण आयोजनाको निर्माण सम्पन्न भएको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको सङ्ख्या ३०२ वटा छ ।

प्रसारण लाइनका हरेक टावर आयोजना जस्तै हुने गरेको तितो यर्थाथसमेत सो आयोजनाले भोगेको छ । केही समय पहिले कोशी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण सम्पन्न भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । साथै विद्युत् चुहावट पनि घट्ने छ ।

सोलुखुम्बुको तिंलामा १३२(३३ र ३३(११ केभी सवस्टेशनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । यो सँगै सिराहाको लाहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न सकिने छ ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो ।

सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो ।

सबैको सहयोग र साथमा आयोजना निर्माण सम्पन्न गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रसारण लाइन सञ्चालनमा आएपछि २३।५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए० गरेको छ ।

प्रसारण लाइन निर्माण हुन नसक्दा प्राधिकरणले आयोजनाका प्रवद्र्धकलाई ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रसारण लाइनको निर्माणसँगै त्यस करिडोरमा निर्माणाधिन अन्य आयोजनालाई समेत बिजुली जोडन सहज भएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

IME Life
kumari