सुन रु. ७०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो
काठमाडौं । नेपाल बजारमा आज पुस८ गते बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाल सुन ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २ सय ४५ रुपैयाँ कायम भएको थियो।





















