ग्लोबल आइएमई लघुवित्तका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट नवनियुक्त अध्यक्ष अकेलाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।
अकेला गत मंसिर २८ गते सम्पन्न संस्थाको नवौँ वार्षिक साधारण सभाबाट प्रबर्द्धक ग्लोबल आइएमई बैंकको प्रतिनिधि सञ्चालकका रुपमा नियुक्त भएका थिए।
अकेलालाई पुस ६ गते बसेको सञ्चालक समितिको १४८ औँ बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको थियो।






















