सुन रु. ८०० ले सस्तियो, चाँदीको भाउ पनि घट्यो
काठमाडौं । नेपाली बजारमा पुस ६ गते मंगलबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले ओरालो लागेको छ। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा झरेको छ।
हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

























