stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्णेल–जर्णेलको बढुवा रोकियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुई सहायक रथीहरुको उपरथीमा र सात महासेनानीहरुको सहायक रथीमा बढुवाको सिफारिस फाइल रक्षा मन्त्रालयमै अड्किएको छ । दुई सहायक रथी र सात महासेनानीहरुको बढुवा सिफारिस सैनिक मुख्यालयबाट एकै पटक रक्षा मन्त्रालयमा गएको थियो ।

सहायक रथी सुरेश बानियाँको उजुरीका कारण सैनिक हेडक्वार्टरमै एक महिनादेखि रोकिएको कर्णेल र जर्णेलहरूको बढुवा सिफारिस सैनिक हेडक्वार्टरले गत मंसिर १९ गते रक्षा मन्त्रालयमा पठाएको थियो ।

नेपाली सेनाका सहायक रथी सुरेश बानियाँले आफू सिनियर हुँदाहुँदै बढुवा सिफारिसबाट पटक–पटक बञ्चित हुनु परेको उल्लेख गर्दै सैनिक नियम अनुसार नै पुनरावलोकनमा गएकाले बढुवा सिफारिस रक्षा मन्त्रालयमा पठाउन ढिला भएको थियो ।

नेपाली सेनाका रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको पुनरावलोकन समितिमा वरिष्ठ सहायक रथी सुरेश बानियाँको पुनरावलोकन निवेदनका सम्बन्धमा एक तह बढुवाका लागि बढुवा समितिले उनलाई किन बढुवा सिफारिस गरेन भन्ने बारेमा अध्ययन र छानवीन गरेको थियो ।

तर, रथी कार्कीको अध्यक्षतामा बसेको पुनरावलोकन समितिले जर्णेल बानियाँ दुई पटक कोर्टमार्शलको सजायमा परेकाले सैनिक नियम अनुसार, बढुवा गर्न नमिल्ने निर्णय सुनाएको थियो ।

त्यसपनि चित्त नबुझेपछि सहायक रथी सुरेश बानियाँले पुनरावलोकनको समितिको निर्णय विरूद्व प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई उजुरी दिएका थिए।

प्रधानसेनापति महारथी शर्माले पनि सेनाको पुनरावलोकन समितिले जर्णेल बानियाँको बढुवा सम्बन्धमा गरेको निर्णयलाई नै सदर गरेको निर्णय सुनाएका थिए ।

प्रधानसेनापति शर्माको निर्णय पनि चित्त नबुझेर सहायक रथी बानियाँले तात्कालिक रक्षा मन्त्री डा. मिनेन्द्र रिजाल समक्ष उजुरी गरेका थिए।

यस्तो उजुरीपछि बढुवाका लागि सिफारिस भएका दुई सहायक रथी र सात जना महासेनानीको बढुवा सिफारिस फाइल अहिले रक्षामै रोकिएको छ । मन्त्री रिजालले राजिनामा दिएका छन। यसले बढुवामा झनै ढिलाई हुने भएको छ।

गत मंसिर १९ गते सेनाले सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेर पठाएको थियो ।

केसी र शर्मा दुवै जना बानियाँ भन्दा जुनियर हुन् । बढुवा सिफारिसमा परेका शर्मा चाहिं सेनाको लेखा विभागको दुई तारे जर्नेलको दरबन्दी काटिएपछि उनी इन्फेन्ट्रीमा सरेर बढुवा सिफारिसको लिष्टमा पर्न सफल भएका थिए ।

सेनाले गरेको सिफारिसका आधारमा रक्षा मन्त्रालयबाट बढुवा फाइल अघि बढे मात्र मन्त्रिपरिषदले बढुवाको निर्णय गर्ने कानूनी प्रावधान रहेको छ । सेनाको उपरथीमा बढुवा सिफारिस भएका सहायक रथी केसी मध्य कमाण्ड हेडक्वार्टर पोखरामा कार्यरत छन् भने शर्मा पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतमा कार्यरत रहेका छन् ।

सेनाले दुई सहायक रथीको उपरथी र सात महासेनानीको सहायक रथीमा बढुवाका लागि एकै साथ रक्षामा बढुवा फाइल पठाएको थियो ।

तर, जर्णेलमा बढुवा सिफारिसमा परेका महासेनानीहरूमा प्रकाशराज थापा, कृष्णप्रसाद भण्डारी, भोलानाथ थापा, विष्णुकुमार खड्का, भुवन खत्री, मनोजकुमार सिलवाल र ज्योतिन्द्र महत रहेका थिए ।

रक्षा मन्त्रालयमा सहायक रथी सुरेश बानियाँको उजुरी परेपछि सेनाका जर्णेल र कर्णेलहरुको बढुवा फाइल रोकिएको स्रोतले बताएको छ । रक्षा मन्त्री रहेका डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएपछि हाल रक्षा मन्त्रालय मन्त्रीविहीन अवस्थामा रहेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले नै फाइलमा सदर निर्णय गर्नु पर्ने हुन्छ। सचिवले प्रधानमन्त्री देउवालाई भेटेर फाइल सदर गराउन सकेका छैनन्।

prabhu mahalaxmi
kumari