stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली सेनाको प्रवक्तामा सहायक रथी सिलवाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी २०७७ साउन १ गते बाट सेनाको प्रवक्ताको जिम्मेबारीमा थिए ।

सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ ।

अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रवक्ता नियुक्त गरेका उनी प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त भएपछि पनि फेरिएका थिएनन् ।

सैनिक मुख्यालय जंगी अड्डाले सहायक रथी पौड्यालको ठाँउमा १ नम्बर बाहिनी बालाजुमा रहेका सहायक रथी नारायण सिलवाललाई जिम्मेवारी दिएको छ । उनी केही समयअघिमात्र पाकिस्तानमा नेशनल डिफेन्स कोर्स पुरा गरेर आएका २७ बेसिकका सैनिक अधिकृत हुन् ।

सेनाको प्रवक्ताका रुपमा सहायक रथी पौड्यालले अवकाशप्राप्त प्रधानसेनापति थापा र उनको समूहबाट भएका गल्ती सच्याउने र सेनाभित्र ‘ड्यामेज कन्ट्रोल मेकानिज्म’ मा काम गरिरहेका थिए । सेनाभित्र करियर भएका अधिकृतका रुपमा परिचित पौड्याल आफ्नो क्षेत्रमा अब्बल मानिन्छन् ।

prabhu mahalaxmi
kumari