stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस सेयर दिने घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि ७ प्रतिशत बोनस लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो पुस २ गते बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने २ करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने ११ लाख १ हजार ५७८.९५ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

यसैबीच बैठकले आफ्नो १५ औं वार्षिक साधारण सभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा दिउँसो ३ बजेबाट सुरु हुने बताइएको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १३ गतेबाट पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

prabhu mahalaxmi
kumari