stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुरारकाका कारण महासंघमा भाडभैलो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सधैं विवादित बन्ने गरेको छ । महासंघलाई सबै जिल्ला नगर संघबाट समेत नेतृत्वमा आउन सक्ने बातावरण बनाउने वा केही व्यवसायको मात्र हालि मुहालि बनाउने भन्ने विवादले अहिले महासंघ फेरि तातिएको छ ।

पशुपति मुरारका समुहले आफ्नो स्वार्थसिद्ध गर्न अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नरहने गरि विधान मस्यौदा तयार पारेको छ ।

मुरारकाले तोकेका संयोजक महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले विधान मस्यौदा

महासंघका अध्यक्ष शेखर गोल्छालाई गत पुस १ गते विहिबार हस्तान्तरण गरेका छन् । जोशी त्यही विवादित ब्यक्ति हुन् जसले छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग (काठमाडौं–हेटौंडा फास्ट्रयाक) को नाममा महासंघलाई भजाएर सर्वसाधारणको करोडौं रुपैंयाँ कुम्लाएका थिए । अहिले यही समुह महासंघमा सलबलाउन थालेको छ । मुरारका राज्यलाई तिर्न पर्ने अर्बौं रकम तिर्नबाट बच्न महासंघ कब्जामा राखि राख्न हरदम प्रयासरत छन् ।

अहिले महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वत: अध्यक्षको लागि निर्वाचित भैसकेकाले अहिले प्रत्यक्ष अध्यक्षको बहस नै उपयुक्त नहुने कानुन विद्हरुको सुझाव रहदै आएको छ ।

ढकालपछिको एजेण्डा पछिकै महासंघ अध्यक्षले साधारण सभामा लैजाने हुन्छ। तर गोल्छा,मुरारका,जोशी भने चन्द्र ढकाललाई अध्यक्ष बन्न नदिने चलखेल गर्दै आएका छन। महासंघका अध्यक्ष शेखर गोल्छा असफल भएको जस्तो देखिन्छ।

गोल्छा,मुरारका र जोशीको नाजायज त्रिपक्षिय गठबन्धनले एकचोटी फेरि महासंघ भित्र बबाल शुरु भएको छ । बेतुकको विधान संशोधन थालेर महासंघले फेरि विवाद सिर्जना गरिएको छ।

prabhu mahalaxmi
kumari