stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेबोन र नेप्सेमा नेतृत्वको नियुक्तिमा किन ढिलाइ ?

सर्वोत्तम सिमेटको सेयर भित्री कारोबारमा मुछिएपछि सेबोन अध्यक्षबाट भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्व विहीन छन्।

लगानीकर्ताहरुको पुँजीबजार सदृढीकरण बृहत् कार्यदलले केही दिनअघि मात्रै अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेर राखेका ३ बुँदे मुख्य मागमा यी दुवै निकायमा तत्काल नेतृत्वको नियुक्तिको सुझाव पनि समेटिएको छ।

अर्थ मन्त्री शर्माले अबको २० दिनभित्र दुवै निकायमा प्रमुखको नियुक्त गर्ने वचन कार्यदललाई दिएका थिए।

अर्थ मन्त्री शर्माले आश्वासन दिए पनि सेबोनमा रिक्त अध्यक्ष पदमा नियुक्तिको प्रक्रिया छिटै अगाडि नबढ्ने संकेत देखिएको छ।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका उच्च अधिकारीहरुबीचको टकरावका कारण छिटै नियुक्ति प्रक्रिया अगाडि बढ्ने सम्भावना कम रहेको मन्त्रालय स्रोत बताएको छ।

सर्वोत्तम सिमेटको सेयर भित्री कारोबारमा मुछिएपछि सेबोन अध्यक्षबाट भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो। त्यसपछि सेबोनमा अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले अध्यक्ष नियुक्तिका लागि दरखास्त पनि खुलाएको थियो।

तर, सरकारबाट गठन हुनुपर्ने सिफारिस समिति मन्त्रीस्तरीय निर्णयबाट गठन भएको भन्दै विवाद सुरु भयो। अहिले फेरि नयाँ सिफारिस समिति गठन गर्ने विषय अन्यौलमा रहेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार हालसम्म पनि नयाँ सिफारिस समिति गठनले पूर्णता पाउन सकेको छैन। सिफारिस समितिमा तीनजना हुनुपर्छ, जसमा एकजना विज्ञ राष्ट्रिय योजना आयोगले पठाउनु पर्छ। तर, योजना आयोगले तत्काल नपठाउने अडान लिएका कारण सिफारिस समिति गठन हुन सकेको छैन।

स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेलले अझै एक साता सदस्यको नाम नपठाउने अडान लिएका छन्। अर्थ मन्त्री शर्माले चाहेर पनि समयमै सेबोनमा नयाँ अध्यक्ष नियुक्ति हुन सम्भावना कम छ।

अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सेबोनमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि बन्दै गरेको बताएका छन।

सर्वोत्तम सिमेन्ट प्रकरणमै मुछिएपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले अनुसन्धानमा सहयोग पुर्याउन भन्दै राजीनामा दिएका थिए।

नेप्सेमा पनि अहिले सीईओ नियुक्तिको प्रक्रिया अन्यौलमै रहेको देखिन्छ। नेप्सेमा अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सीईओ छनोट समिति गठन गरेको लामो समय भइसकेको छ।

तर हालसम्म पनि समितिले सीईओका लागि योग्य व्यक्ति चयन गर्न सकेको छैन। ठूला राजनीतिक दलका नेताहरुबीच कुरा नमिल्दा सीईओ नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेको नेप्से स्रोतले बताएको छ।

IME Lifesidebar
kumari