कांग्रेसको नेतृत्वमा युवा पुस्ता
काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनमा नेतृत्वमा मिश्रित परिणाम आउदै गएको छ। सभापतिमा शेर बहादुर देउवा, उपसभापतिमा पुर्ण बहादुर खडका, धनराज गुरूङ, महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन कुमार थापा निर्वाचित भएका छन।
यस्तै सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् । हिजो पुस १ गते बिहीबार राति सम्पन्न महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका छन् ।
उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा। शेखर कोइराला समूहका हुन् ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् । यसैगरि आङ्देम्बेले २७११ मत पाए ।
उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरेका छन । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए ।
८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको मतगणना आज पुस २ गते शुक्रबार विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

























