सुनको मुल्य बढेर रु. ९३ हजार पुग्यो, चाँदीको २५ बढयो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउमा निकै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो।























