citizens life insurance long ad
stcnepal long ad

रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २६ मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा पुस २६ गते आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज विहिवार बिहान बसेको बैठकले वार्षिक साधारण सभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाडौंको महाराजगन्जस्थित कम्पनीको सभाहलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।

सभाले कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने जनाएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउने छन्।

IME Life
kumari