नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २०७८ मंसिर २९ गते बुधबारका दिन तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका अनुज अग्रवालले गर्नु भएको थियो ।
कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिम बाट जोगिन/जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालना हुने व्यवस्था मिलाईएको थियो ।
आर्थिक बर्ष २०७७/७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको उक्त सभाले आ.व. २०७७/७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरण योग्य मुनाफाबाट चुक्ता पूँजी रु. बीस अर्बको आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र सोको कर प्रयोजनको लागि शुन्य दशमलव चार दुई प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै, सर्बसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाटसुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित हुन भएको छ ।


























