citizens life insurance long ad
stcnepal long ad

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी बैंकले दिगो वातावरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स मा सामेल भएको छ।

पिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्ंकन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो। साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पिक्याफको विधिलाई वित्तीय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्यांकन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ।

लक्ष्मी बैंकले पिक्याफमा सामेल भई नेट–शून्य भविष्यतर्फ अग्रसर हुँदै कोप २६ मा नेपालको राष्टृय प्रतिबद्वतालाई समेत सहयॊग पुग्नेछ।

यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेको छ।

‘हाम्रो व्यवसायबाट हुने वित्तीय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्यांकन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पिक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ‘ओरेन्ज लभ्स ग्रिन’ पहलसँग समेत जोडिएको छ। तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौँ।’

IME Life
kumari