citizens life insurance long ad
stcnepal long ad

कमल थापाद्वारा निर्मल निवासको हस्तक्षेपको छानवीन गर्न अध्यक्ष लिङदेनसँग माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आज अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै राप्रपाको महाधिवेशनमा निर्मल निवास र पुर्व राजाका सचिवहरूबाट भएको हस्तक्षेपको छानविन गर्न र सत्यतथ्य बाहिर ल्याउन बर्तमान अध्यक्षसँग माग गरेका छन।

पार्टी नेतृत्वको निर्वाचनमा पुर्व राजा र निर्मल निवासको हस्तक्षेप वारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनु होस, हस्तक्षेपको भत्सर्ना गर्नुहोस,भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस, राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस् ।

यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ भनेका छन् ।

उनले भनेका छन– पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।

IME Life
kumari