citizens life insurance long ad
stcnepal long ad

नेपाल औषधि व्यवसायी संघले आफूखुसी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले आफूखुसी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । संघले आज विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यमहरुमा औषधिको मूल्यवृद्धि सम्बन्धी समाचारहरुमा संघको नामसमेत उल्लेख भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरुप्रति संघ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोध समेत गरेको छ ।

‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ ।

सोहि प्रावधान अनुसार हाल देशमा ९६ प्रकारका औषधिहरुको मूल्य समेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य उत्पादक आफैले निर्धारण गर्ने संसारभरिको प्रचलन अनुसार हाम्रो देशमा पनि आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक अन्यमा उत्पादक कम्पनिले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरि आयात गरिरहेको सम्पूर्णमा अनुरोध छ ।’

संघले विद्यमान कानूनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन/प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अनुरोध गरेको छ ।

IME Life
kumari