कांग्रेसको सभापतिमा देउवा नै बलिया ?
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज मंसिर २४ गते शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उदघाटन कार्यक्रम रहेको छ ।
महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी र संगठन निर्माण, देश बनाउने खाका लगायतका विषयमा विचार मन्थन हुनेछ। तर पनि सबैको ध्यान आगामी नेतृत्व कसको हातमा पुग्छ भन्नेमा नै केन्द्रित रहेको देखिन्छ ।
१३ औं महाधिवेशनमा विजयी सभापति शेर बहादुर देउवा पुनस् अर्को चार वर्ष पार्टीको कमाण्ड हाक्ने दाउमा रहँदा इतर पक्ष उनीबाट नेतृत्व फुत्काउने दाउमा रहेको छ ।
देउवालाई यसअघि दरो साथ दिएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै देउवा केही कमजोर भएको जस्तो देखिएपनि निधिको तराई–मधेसमा कुनै पकड नदेखिएपछि देउवा पक्ष पहिलो चरणकै चुनावमा सभापति जितिने कुरामा ढुक्क भएको छ।
संस्थापन पक्षका उत्साही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशन नजिकएसँगै निराश बन्दै गएको छ । इतर पक्षमा निराशा छाउनुमा मुख्यत तीनवटा कारण रहेका छन् ।
पहिलो, संस्थापन पक्षमा देउवाको विकल्पमा अन्य कोही सभापतिको आकांक्षामा नरहँदा उनी बलिया उम्मेदवार देखिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि विभिन्न तहमा भएका निर्वाचन, जिल्ला र क्षेत्रीय सभापतिमा देउवा बलियो देखिएको बेला उनको मत काट्ने खालको उम्मेदवार नहुँदा उनी कमजोर छैनन् ।
उनलाई पराजित गर्न संस्थापनइतर पक्षमा ुएक मन एकताु हुनुपर्ने पौडेल पक्षले बुझेको छ। तर, त्यसो हुन सकिरहेको छैन । संस्थापनइतर पक्षबाटै प्रकाशमान सिंह,डा. शेखर कोइरालाले उम्मेदवारी दिने भएका छन। यसले गर्दा संस्थापनइतर पक्ष आफै भित्र कमजोर र मत बाडिने अबस्थामा पुगेका छन।
दोस्रो, इतरपक्षमा चारजना सभापतिका आकांक्षी छन् । गत महाधिवेशनमा देउवासँगै पराजय व्यहोरेका वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवारको उत्तराधिकारी ठान्ने डा।शेखर कोइराला र डा। शशांक कोइरालाका साथै बारम्बार त्याग गर्दै आएको बताउने प्रकाशमान सिंह उम्मेदवार बन्ने बताइ रहेका छन।
चारै जनाले सभापतिको दाबेदारी नछाड्दा साझा उम्मेदवार बनाउने प्रयास कमजोर बन्दै गएको हो कि भन्ने आशंका देखिएको छ ।
प्रकाशमानले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन् । उनले प्रतिनिधिले नै अब को बलियो र कमजोर छ भन्ने कुरा टुंगो लगाउने हिजो बिहीबार बताएका छन् । शनिबार आफूले उम्मेदवारी दर्ता गर्ने उनको अन्तिम भनाइ थियो । ‘कांग्रेसको रक्षा गर्ने नै कोइराला परिवारले हो’ भन्दै आफू पक्षधरले भनेपछि डा. शेखर कोइराला कोइराला परिवारको उत्तराधिकारीका रूपमा सभापतिमा उम्मेदवार बन्न कम्मर कसेर अगाडि बढिसकेका छन।
उनले सभापतिमा प्रकाशमान सिंह उठे पनि आफू पछि नहट्ने बताइ रहेका छन् । दुवै जना उम्मेदवारीबाट पछि नहट्ने हो भने इतर पक्षको मत महाधिवेशनमा विभाजन हुने निश्चित छ ।
यसले गर्दा विशेषगरि देउवालाई पार्टीको कमाण्डबाट बिदा गर्न चाहिरहेका इतर पक्षका नेता कार्यकर्तामा निराशा छाएको छ । यद्यपी नेताहरु संघन छलफलमा रहेकाले साझा उम्मेदवार चयन हुने सम्भावना भने बाँकी नै रहेको देखिन्छ ।
इतर पक्षमा साझा उम्मेदवार चयन हुन नसक्दा देउवा भने ढुक्क देखिएका छन् । उनी निकटका नेताहरुले त देउवाले पहिलो चरणमै जीत निकाल्ने भएकाले गत महाधिवेशनमा जस्तो यसपटक दोस्रो चरणमा निर्वाचन गर्नु नपर्ने अवस्था आउने बताइरहेका छन् ।
तेस्रो, नेता कृष्णप्रसाद सिटौलाले अहिलेसम्म संस्थापनरइतर पक्ष कता लाग्ने वा आफैं प्यानल बनाएर महाधिवेशनमा भिड्ने भन्ने खुलाएका छैनन् ।
सहयोग माग्न भनेर बुधबार उनको निवास पुगेका नेता पौडेललाई उनले सकारात्मक जवाफ दिएनन् । सिटौला पक्षलाई कुन कुन पदाधिकारी र कति जना सदस्य दिने प्याकेजमै डिल गर्न र त्यो सहमति संस्थागत रूपमानै गरेर आउन बताएपछि पौडेल झस्किएका थिए।
त्यसमा पनि उनी पक्षका अधिकांश नेताले संस्थापन पक्षसँग मिलेर अघि बढ्नु पर्ने सुझाव दिइरहेका छन् ।
महाधिवेशन प्रतिनिधिको संख्याको हिसावले धेरै नभएपनि अन्तिम प्रतिस्पर्धामा उनी निर्णायक बन्न सक्ने सम्भावना रहेको कतिपयको बुझाइ छ । इतर पक्षमा आफूहरुबीच नै नेतृत्व बाँडफाँडमा समस्या भइरहेको बेला उनी तर्फका नेताको व्यवस्थापन त्यति सहज बन्ने देखिएको छैन ।
यसअघि पार्टीमा विवाद हुँदा इतरपक्षसँग नजिक रहे पनि निर्णायक बेलामा सिटौलाले देउवालाई साथ दिँदै आएका छन् । त्यही कारण सिटौलाले आफुलाई उपसभापति, प्रदिप पौडेललाई महामन्त्री,उमाकान्त चौधरीलाई सहमहामन्त्री र १५ केन्द्रीय सदस्य मागेर देउवासँग बार्गेनिङ गरिरहेका छन। यी पदमा सहमति हुन सके सिटौला पक्षले पहिलो चरणमै देउवासँग मिलेर निर्वाचनमा जा






















