citizens life insurance long ad
stcnepal long ad

प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ।

नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलपमेन्ट बैंक अनुबन्ध भएको छ। यस विषयमा हिजो बिहीबार क्लब र बैंकबीच सम्झौता भएको हो।

प्रतियोगिता आगामी पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसीपाटीमा हुनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसँगै स्थानीय क्लबका पनि हुने छन्। यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ।

टेबल टेनिस खेल बिकासका लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै एपीएम टेबल टेनिस क्लबको प्रमुखले धन्यवाद तथा आभार व्यक्त गरेका छन। नेपालको खेलकुद विकासका लागि सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुआतले नयाँ आयाम सिर्जना गरेको छ।

 

IME Life
kumari