बैंकहरुको निक्षेप एकैदिन रु. ३ अर्बले घट्यो, सीडी रेसियो ९१ प्रतिशत
मंसिर २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर २० गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले घटेको हो।
योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी मंसिर २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १९ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरुको निक्षेप पनि मंसिर २० गते एकैदिन ३ अर्ब रुपैयाँले घटेको देखिन्छ। गत मंसिर १९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा घटेर मंसिर २० गतेसम्म ४२ खर्ब ३१ अर्ब रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँले नै बढेको छ। गत मंसिर १९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा बढेर मंसिर २० गतेसम्म ४० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार मंसिर २० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो बढेर ९१ प्रतिशत पुगेको छ। गत मंसिर १९ गतेसम्म औसत सीडी रेसियो ९०.९० प्रतिशत रहेको थियो। अन्तर बैंक ब्याजदर पनि ४.९७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ।


























