राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । राप्रपा निर्वाचन समितिका अनुसार लिङ्देनले १८ सय १७ मत प्राप्त गर्नुभएको हो ।
राप्रपा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले भने १६ सय १७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिनुभयो।
यसैगरी, राप्रपाको एक महिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी हुनु भएको छ । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वी बीचमा प्रतिस्पर्धा भएको थियो ।
राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी हुनुभएको छ । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो ।


























