नारायणटार र कपनमा नक्कली नाेट बनाउने कारखाना !
काठमाडौं । महानगरीय प्रहरी वृत्त बाैद्वले नारायणटार र कपनबाट नक्कली नाेट बनाउने कारखाना,नक्कली र सक्कली नाेट सहित पाँच जनालाई पक्राउ गरेकाे छ। उनीहरूले रंगिन प्रिन्टरबाट रू. ५,१०,२०,५०,१००,५०० र १००० का नक्कली नाेट छपाइ गरि बजारमा सामान खरिद गरेर सक्कली नाेट साटदै आएकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ।
गत कार्तिक ३० गते बेलुका अन्दाजी ८ बजेको समयमा काठमाडाैंकाे गो.न.पा.- ७ माकलबारी स्थितमा एक बृद्दा महिलाले नक्कली नोट जस्तो देखिने पैसा साथमा लिइ सामानहरु खरिद गर्न लागेको भन्ने सुचनाको आधारमा प्रहरी उक्त स्थानहरुमा गइ गोप्य रुपमा सुराक गरि पत्ता लगाइ खोजी गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर तलासी गर्दा निजको साथबाट नक्कली जस्तो देखिने रु. १००/ दरको नेपाली नोटहरु फेला पारी अनुसन्धान गर्दै जादा निजले उक्त पैसा छोरी पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएकोले साेही दिन ९ बजेको समयमा गो. न. पा.- ६ नारायणटार स्थित पुष्पा थापा मगरको कोठामा गइ तलासी गर्दा निजको कोठा भित्र नेपाली रु.५००/१००० को नोट बनाउनको लागि रंगिन प्रिन्ट गरि पैसाको आकारमा काटेर राखेको अवस्थामा नक्कली जस्तो देखिने नोटहरु फेला पारी थप अनुसन्धान गर्दै जादा निजहरुले उक्त नक्कली जस्तो देखिने नोटहरु काठमाडौं जिल्ला बुढानिलकण्ठ न. पा.- ११ कपन स्थित निज पुष्पा थापा मगरको छोरा सराेज थापा मगरले आफ्नाे कोठामा रंगिन प्रिन्टरबाट प्रिन्ट गरि नक्कली जस्तो देखिने नेपाली पैसा बनाउने गरेको भन्ने खुल्न आएकोले गत मंसीर १ गते ३ बजेको समयमा निज सरोज थापा मगरको कोठामा तलासी गर्दा नक्कली जस्तो देखिने नोटहरु १००/ दरका रंगिन प्रिन्ट कागजहरु तथा HP115 प्रिन्टर फेला परेको हुँदा निम्न व्याक्तिहरुलाई महानगरीय प्रहरी वृत्त बाैद्वले नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धान कार्य जारी राखेको बताइएकाे छ।
प्रहरीले बरामद गोमा श्रेष्ठको साथबाट नक्कली जस्तो देखिने नेपाली रु.१००/ दरको नोट २९ थान बरामद गरेकाे छ। यस्तै पुष्पा थापा मगरको साथबाट नेपाली १००० को नोटलाई रंगिन प्रिन्ट गरि अगाडि र पछाडिको भागलाई टास गरि नोटको आकारमा बनाइएको अवस्थामा रहेको कागजको नक्क्ली रु. १००० को दरको नोट २९ थान २९ बरामद गरेकाे छ ।
यस्तै नेपाली रकम रु. हजारको नोटलाई अगाडिको भाग खाली र पछाडिको भागमा रंगिन प्रिन्ट गरि नोटको आकारमा बनाइएको अवस्थामा रहेको कागजको नक्कली नोट रु. हजारको दरको कागजको टुक्रा ९२ थान बरामद गरेकाे छ। नेपाली रकम रु.१०००/ नोटलाई पछाडिको भाग खाली र अगाडिकाे भागमा रंगिन प्रिन्ट गरि नोटको आकारमा बनाइएको अवस्थामा रहेको कागजको नक्कली नोट थान रु.१०००/को दरको कागजको टुक्रा११६ थान, नेपाली रकम रु. ५००/को नोटलाई रंगिन प्रिन्ट गरि नोटको आकारमा काटेको अगाडिको भाग मात्र रहेको ५६ थान बरामद गरेकाे छ।
यसैगरि नेपाली रकम रु. ५००/ को नोटलाई रंगिन प्रिन्ट गरि नोटको आकारमा काटेको पछाडिको भाग मात्र रहेको ५६ थान, सक्कली जस्तो देखिने नेपाली रू.१००/ दरको रकम रु.८००, सक्कली जस्तो देखिने नेपाली नगद रकम रू.५० दरको रु. २१,०००,सक्कली जस्तो देखिने नेपाली नगद रकम रू.२० दरको रु १०,६००, सक्कली जस्तो देखिने नेपाली नगद रकम रू. १० दरको रु ५,२००, सक्कली जस्तो देखिने नेपाली नगद रकम रू.५ दरको रु. २८५/ (सम्पुर्ण जम्मा रकम रु. ३७,८५०, १०) कागज टास्न प्रयोग हुने फेबिकल बट्टा २ थान- बरामद गरेकाे छ। यसैगरि निजबाट TECNO SPARK ke7 लेखेको स्क्रिन टच मोबाइल १थान, लावा कम्पनीको मोबाइल कि प्याट मोबाइल १थान बरामद गरेकाे प्रहरीले जनाएकाे छ।
यस्तै प्रहरीले सरोज थापा मगरको कपनकाे कोठाबाट A4 साइजको प्रिन्ट पेपरको एक पेजमा तीन वटा रु. १००/ दरको नोट रंगिन प्रिन्ट गरि छापिएको पेपर पाना ३० थान,A4 साइजको प्रिन्ट पेपरको एक पेजमा तीन वटा रु.१००/ दरको नोटको अगाडीको भागलाई रंगिन प्रिन्ट गरि छापिएको पेपर १८९ थान, नेपाली रकम रु. १००/ को नोटलाई रंगिन प्रिन्ट गरि अगाडि र पछाडिको भागलाई टास गरी नोटको आकारमा बनाइ तयारी अवस्थाको नक्कली नोट जस्तो देखिने रु. १००/ दरको नोट १३७ थान! सक्कली नोट जस्तो देखिने रु. ५० दरको नगद रु.१५,५००, सक्कली नोट जस्तो देखिने रु. २० दरको नगद रु.९,२००, सक्कली जस्तो देखिने रु. १० दरको नगद रु. २४५० गरि कुल रु.२७,१५० बरामद गरेकाे छ ।
यस्तै पैसा छाप्न प्रयोग हुने HP कम्पनीको INK- TANK-WIRELESS-415 hp मोडेलको रंगिन प्रिन्टर १ थान-, सो भित्र फोटो कपि गर्न तयारी अवस्थामा टेपले टासी राखिएको रू. १००/ दरको सक्कली जस्तो देखिने नोट ३ थान, hp प्रिन्टरमा प्रयोग हुने hp जि टि 52 लेखिएको विभिन्न कलरको रंग प्रयोग नभएको इन्क को बट्टा ३ थान र प्रयोग भएको इन्कको बटा ४ थान,लालिगुराश भएको पानी छाप स्टाम १थान,कागज काटने कैची थान-१/ साथै काटेको कागजको टुक्राहरु समेत बरामद गरेकाे छ।

नक्कली नाेट छाप्ने र बजारमा चलाउन जाने पक्राउ परेका व्यक्तिहरूमा सिन्धुपाल्चाेक जिल्ला इन्द्रवती गा.पा.-८ माथिलोगते घर भइ हाल गो. न. पा.- ६ नारायणटार बस्ने बर्ष ५६ कि गोमा श्रेष्ठ ऐ ऐ घर भई इन्द्रवती गा.पा.- ८ माथिलोगते घर भइ हाल गो.न. पा.६ नारायणटार बस्ने बर्ष ४१ कि पुष्पा थापा मगर,रामेछाप जिल्ला सिरुबारी गा. पा.- २ घर भइ हाल बुढानिलकण्ठ न. पा.- ११ कपन बस्ने अन्दाजी बर्ष २६ को सरोज थापा मगर,सिन्धुपाल्चाेक जिल्ला घर भई हेलम्बु गा. पा.-२ घर भइ हाल बुढानिलकण्ठ न. पा.- १० मिलनचोक बस्ने अन्दाजी बर्ष १८ को चिरञ्जी ज्योती र ऐऐ घर भई हेलम्बु गा. पा.- २ घर भइ हाल बुढानिलकण्ठ न.पा.- १० मिलनचोक बस्ने अन्दाजी बर्ष २६ को सुरज ज्योती रहेकाे प्रहरी स्राेतले बताएकाे छ।























