stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकको झापाको दमक बजार तथा दाङको घोराहीमा दुई नयाँ शाखा सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुई नषँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।

prabhu mahalaxmi
kumari