stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पेट्रोलियम खपत कम गर्न कार्ययोजना बनाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थ खपत प्रतिस्थापन अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको अवधिभन्दा अगावै गर्न सकिने गरी योजना बनाउने बताउनु भएको छ । पेट्रोल डिजेल खपत गर्ने सवारीसाधन, कलकारखाना एवं सामग्रीको प्रयोग घटाएर विद्युतीयमा रूपान्तरण गर्दै जानेगरी कार्ययोजना बनाइने उहाँले बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (एको(याब) ले आइतबार आयोजना गरेको ‘विपत् र सामुदायिक रेडियो’ विषयक अन्तक्र्रिया मन्त्री भुसालले विशेषज्ञ र सरोकारवालालाई अध्ययन गराएर कार्ययोजना बनाइने जानकारी दिनुभएको हो ।

कार्ययोजना बनाउन सरोकारवाला सम्बन्धितलाई राखेर अध्ययन गराइने समेत उहाँले बताउनुभयो । “हामीले अब कार्ययोजना नै बनाउँछौँ, अब सबैले विद्युतीय सवारी खरिद गरौँ,” उहाँले भन्नुुभयो “स्वदेशी बिजुली प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ । ”

जलवायु परिवर्तनको असर कम गर्न पनि जैविक इन्धन खपत विस्थापन गर्दै विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिनुभयो । “हिमालमा हिउँ पग्लने क्रम बढेको छ, हिमपोखरीको जोखिम बढ्ने देखिएको छ,” उहाँले भन्नुभयो, “विकसित राष्ट्रले गरेको गल्तीका कारण मुस्ताङ, मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ । ”

prabhu mahalaxmi
kumari