चलचित्र ‘सम्हालिन्छ कहिले मन’को आगामी फागुन २७ गते रिलिज हुने
काठमाडौं ।धमाधम नेपाली चलचित्रहरुको प्रदर्शन मिति तोक्न थालिएको छ। यस्तै चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पनि प्रदर्शन मिति तोकिएको छ । निर्माण पक्षका अनुसार चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गते रिलिज हुने छ । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा को प्रमुख भूमिका रहेको छ ।
यो चलचित्रमा निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका छन् । निर्देशक थापाले आफ्नो अर्को ‘म यस्तो गाउँछु २’ माघ १९ गते रिलिज गर्ने घोषणा गरिसकेका छन् ।























