stcnepal long ad
ime life insurance
global ime bank long

मंसीर १७ गते नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३५ औं वार्षिक साधारणसभा आगामी मंसीर १७ गतेका लागि बोलाएको छ। बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १७ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौंको दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फरेन्स मार्फत हुने जनाइएको छ।

सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित कुल १६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश रहेका छन् । बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्त गर्ने वा आपसमा गाभ्ने प्रयोजनका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनएको छ।

 

prabhu mahalaxmi
kumari