stcnepal long ad
ime life insurance
national life
global ime bank long

निक्षेपमा पुन:२.५ प्रतिशतसम्म व्याजदर बढन सक्ने

दशैंविदा पछि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी प्रमुख (सिईओ) हरुबीच कात्तिक १ गतेदेखि ब्याजदर बढाउने सहमति भइसकेको छ ।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  बैंकिङ प्रणालीमा नगद तरलताको समस्या विकराल बनेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा पुनः ब्याजदर बढाउने तयारी गरेका छन् ।

दशैंविदा पछि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी प्रमुख (सिईओ) हरुबीच कात्तिक १ गतेदेखि ब्याजदर बढाउने सहमति भइसकेको छ ।

कात्तिक १ गते प्रकाशित गर्ने गरी केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने भएका छन् । यो पटक फाइनान्स कम्पनीहरुले ब्याजदर १३ प्रतिशत सम्म बढाउन सक्ने सम्भावना छ ।

गत असोज १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाएर ९ देखि १०.५ प्रतिशतसम्म पुरयाएका थिए । केही वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याजदर बढाएका थिए । विकास बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत बढाएपनि पछि नेपाल राष्ट्र बैंकको निर्देशनपछि ९.५ प्रतिशतमा झारेका थिए ।

गत असोज १ गतेबाट ब्याजदर आक्रामक रुपमा बढाउन वाणिज्य बैंकहरू आक्रमक रूपमा अगाडि सरेका थिए भने विकास बैंकहरुले पनि उनीहरुकै पछि लागेका थिए ।

असोज १ गतेदेखि ब्याजदर वृद्धिको दौडमा फाइनान्स कम्पनीहरु भने अलिक मन्द गतिमा नै थिए । तर, वाणिज्य बैंकमै १० प्रतिशतभन्दा बढी ब्याज पाइने भएपछि फाइनान्स कम्पनीमध्ये धेरैले निकै ठूलो संख्यामा निक्षेप गुमाएका थिए ।

म्याद पुगेका निक्षेपकर्ताहरूले फाइनान्सबाट रकम झिकि बढी व्याज पाइने बाणिज्य बैंकमा रकम राख्न पुगेका थिए। विथड्रलको निकै ठूलो संकट भोगेका फाइनान्स कम्पनीहरुले कात्तिक १ गतेदेखि भने ब्याजदर ११ देखि १३ प्रतिशतसम्म बढाउने भएका छन् ।

फाइनान्स कम्पनीहरूले गत असोज १ गतेदेखि ८.५ प्रतिशतभन्दा बढी ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपमा नदिने भद्र सहमति गरे पनि त्यसले मुद्दती निक्षेप ठूला बैंकमा सरी फाइनान्स कम्पनीहरुलाई तरलता व्यवस्थापनमा असहज अवस्था उत्पन्न भएपछि अब भने ब्याजदर बढाएर ११ प्रतिशत पुर्याइने भएको छ ।

फाइनान्स कम्पनी बीच कात्तिक १ गतेदेखि लागू हुने गरी व्यक्तिगत मुद्दतिको ब्याजदर ११ प्रतिशत कायम गर्ने सहमति भइसकेको छ । आवश्यक पर्दा त्यो भन्दा बढी व्याज दर पनि दिन सक्ने तयारी भैरहेको छ। यो पटक वाणिज्य बैंक र विकास बैंक पनि व्याजदर निर्धारणमा आक्रामक बन्ने सम्भावना देखिएको छ ।

नयाँ निक्षेप सिर्जना नहुने, भएकै निक्षेप खोसाखोस गर्ने र नियामकीय व्यवस्था पालनाको नाममा नक्कली निक्षेप सिर्जनाको काम समेत हुन थालेपछि नेपाल राष्ट्र बैंकले कतिपय बैंकमाथि स्पष्टीकरण समेत सोधेको छ ।

यस्तो स्पष्टीकरण र कारबाहीबाट जोगिन समेत निक्षेप तान्नकै लागि वाणिज्य बैंकहरु पनि आक्रामक रुपमा अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको बैंकर्सहरु बताउँछन् ।

बैंकिङ स्रोतहरुका अनुसार गत असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरमा केही कम आक्रामक देखिएको एनआइसी एशिया बैंक लि।ले व्यक्तिगत मुद्दति निक्षेपकै ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने तयारी गरेको बुझिन आएको छ ।

यसैगरि तयारी सनराइज बैंक र सानिमा बैंकले पनि व्याजदर बढाउने तयारी गरेका छन् । अन्य बैंकहरु पनि आफ्नो निक्षेप जोगाउनैका लागि ब्याजदर थोरै भए पनि बढाउने सोचमा देखिएका छन् ।

नेपाल राष्ट्र बैंकको के छ तयारी ?

दशैं विदाकै कारण नेपाल राष्ट बैंकले पनि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आजै सार्वजनिक गर्ने प्रवल संभावना छ ।

आज सार्वजनिक गरेन भनेपनि तिहार अगाडि सार्वजनिक गर्ने छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिएको केही नियामकीय व्यवस्थाका कारण तरलता असहज हुने अवस्था सिर्जना भएको आरोपहरु लाग्ने गरेका छन् ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ती व्यवस्थामाथि पुनरविचार हुने अपेक्षा गरिएको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई रोक्ने कुनै न कुनै व्यवस्था गर्ने संभावना पनि रहेको छ।

तर तरलता अभाव अत्याधिक भएकोमा व्याज नबढाइ तत्काल निक्षेप तान्ने अर्को उपाय छैन। अनौपचारिक क्षेत्रमा रहेको रकम बैंकिङ च्यानलमा ल्याउन पनि निक्षेपमा व्याजदर बढाउनै पर्ने बाध्यता बैंक तथा वित्तीय क्षेत्रलाई देखिन्छ।

prabhu mahalaxmi
kumari