stcnepal long ad
ime life insurance
national life
global ime bank long

सहुलियत पसलमा चिनीको अभाव

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सरकारले हरेक वर्षको चाडपर्वलाई लक्षित गर्दै दसैंअघि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै आएको छ । सहुलियत दरमा खाद्यान्न पाइने भनेर उपभोक्ता पनि उत्साहित हुने गरेका छन् ।

तर,सरकारले खाद्यान्नमा राहत सहुलियत छुट दिएको रकमको सट्टाभर्ना रकम खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई नदिदा यस्ता पसलले जनअपेक्षा अनुसार सहुलियत पसलमा खाद्यान्न सामान राख्न सकेका छैनन् ।

सहुलियत पसलको जिम्मेवारी पाएकोे खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्ताहरूलाई ठूलो सहुलियत दिन सकेका छैनन् । न त यस्ता पसलमा सामान नै पर्याप्त राख्न सकेका छन ।

मंहगीले ढाड सेकिएका नेपाली जनता चाडपर्वको मुखमा सहुलियत दरमा खाद्यान्न पाइन्छ भनेर टाढा–टाढाबाट सामान लिन सहुलियत पसल पुग्ने गरेका छन् । तर उनीहरू निराशा भएर फर्कनु परेको छ ।

सरकारले सहुलियत पसलमा छुट राहत रकम कम्पनीहरूलाई नदिदा सहुलियत पसल सोचे जस्तो प्रभावकारी हुन सकेका छैनन्। भएको सामान सकिएका छन। नयाँ खाद्य सामाग्री खरिद गरि ल्याउन सकेका छैनन।

सिंहदरवारस्थित रामशाहपथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा चिनी, दाल र तेल खरिद गर्न आएका ग्राहकले पसलमा चिनीको मूल्य सोध्नु अघि नै भित्तामा ‘चिनी छैन’ लेखेर टाँसेको देखे ।

फेरि पसलमा रातो दाल पनि छैन । खाने तेलको मूल्य लिटरको १६० रुपैयाँ तोकिएको छ। रू.१७० मा घर नजिकै पाइन्छ। पसलमा तेल पनि दुई लिटर भन्दा बढी खरिद गर्न पाइदैन । भएको सामान पनि बजार भाउ सरह नै छ । अनि के को सरकारको सहुलियत पसल भन्ने ग्राहको गुनासो सुनिन थालेको छ।

सहुलियत पसलमा दाल, चामल, खाने तेल, नुन, चिनी,गेडागुडी लगायतका सामान पाइन्छ भनेर सरकारले यसको प्रचार(प्रसार समेत गरेको थियो । तर, सरकार आफैंले न त प्रचार गरे जसरी ग्राहकलाई खाद्य वस्तु बितरण गरेको छ, न त बजार मुल्यभन्दा सस्तो छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने सहुलियत पसल नाम मात्रको नभएको दावी गरेको छ । खाद्यान्नको सहुलियत पसलको मूल उद्देश्य चाडपर्वका बेला हुन सक्ने कालोबजारी रोक्नु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी बताउछिन।

साल्ट ट्रेडिङ लिमिटेडले चिनी उपलव्ध नगराएकाले आफूहरुले ग्राहकलाई बिक्री गर्न नसकेको उनले बताइन् । कर्पोरेसनसँग मौजाद चिनी छैन, स्टक चिनी सकिएको छ। साल्ट टेड्रिङले बैशाख देखि नै भन्सार छुटमा चिनी आयात गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा ताकेता गरेको थियो तर अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी आयात गर्न कुनै चासो नदिदा बजारमा चिनी अभाव र मूल्य बृद्धि भएको छ ।

चिनी उद्योगहरूको लबिङ र अर्थका अधिकारीहरूलाई आर्थिक प्रलोभनमा पारेका कारण अहिले सहुलियत पसलमा चिनी अभाव भएको छ।

खाद्यान्नले गत वर्षभन्दा यस बर्षबाट सुपथ पसलमा भेराइटी दिने कोशिस गरेको छ । तर पसलमा भेराइटी त परै जाओस् भनेको सामान पनि भेट्न मुस्किल छ । ग्राहकले सामान नभेट्नुमा खाद्य व्यवस्थाले त्यसलाई मौज्दात नरहनु भनेर टार्ने गरेको छ ।

पसलमा खाद्यान्न सकिए पनि त्यसको जानकारी ग्राहकलाई हुँदैन् र त्यसको कुनै उत्तरदायित्व खाद्यान्न लिने पनि गरेको छैन ।

गत वर्षहरुमा सरकारले खोलेको सहुलियत पसलमा उपभोक्ता झुम्मिने गर्थे तर, ग्राहकले भनेको सबै सामान नभेटिने र बाहिरको भन्दा खासै सस्तो नहुने भएकाले सहुलियत पसलको आकर्षण यसपाली घटेको छ ।

सहुलियत पसलसम्म पुग्ने समय र गाडीभाडा जोड्दा केही महंगो भए पनि आफ्नै वरीपरीका पसलमा सामान किन्दा फाइदा हुने उपभोक्ताहरूले बताउँएका छन्। सरकारले गत असोज १ गतेदेखि कार्तिक २४ गतेसम्मका लागि सुपथ मूल्य सञ्चालन गरेको छ ।

prabhu mahalaxmi
kumari