डिभाइन वाइन प्रिमियम नेपाली बजारमा, ग्राहकले रुचाउने कम्पनीको विश्वा
काठमाडौं । डिभाइन वाइन उत्पादक महाकाली वाइनले नयाँ नेपाली वाइन नेपाली बजारमा ल्याएको छ । कम्पनीले डिभाइन वाइन प्रिमियम नाम दिएको वाइन आजबाट बजारमा ल्याएको हो ।
निकै राम्रो गुणस्तरको अंगुर प्रयोग गरेर उक्त वाइन बनाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुासर यो वाइन अत्याधुनिक प्रविधी प्रयोग गरेर बनाइएको हो । वाइन अन्तर्राष्ट्रिय स्तरको रहेको कम्पनीको भनाई छ ।
‘नेपाली वाइन प्रेमीहरुको मात्र नभएर देशको अर्थतन्त्रलाई पनि लक्षित गरेर वाइन बनाइएको हो, नेपालमै बनेको राष्ट्रिय उत्पादनको बिक्रीका साथसाथै निर्यात बढाउन हाम्रो उदेश्य रहेको छ,’ सोमबार विज्ञप्ति जारी गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो वाइनलाई नेपाली बजारले निकै रुचाउने कम्पनीको विश्वास छ ।






















