citizens life insurance long ad

अखिल(क्रान्तिकारी) पञ्चा सिंहको विरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन ७० प्रतिशत अर्थात ९ सय बढी प्रतिनिधि, पर्यवेक्षक तथा स्वंसेवकले बहिस्कार गरेका छन् ।

१ हजार ३ सय प्रतिनिधिसहित काठमाडौंमा सुरु भएको क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि हलमा नारावाजी सहित महाधिवेशन बहिस्कार गरेका छन। सम्मेलन हलमा अध्यक्षसहितको निर्वाचन गर भन्दै नाराबाजीसहित विद्यार्थी नेताहरु बाहिरिएका छन।

सम्मेलन स्थलमा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित महासचिवमाथिका पदाधकारी बसिरहेपनि नाराबाजी नरोकिएको बताइएको छ ।

यस्तै अध्यक्षमा चयन भएकी पञ्चा सिंह पक्षका विद्यार्थी नेता कार्यकर्ताहरु भने बिजय उत्सब र्‍यालीसित बाहिरएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृ सिंहलाई अध्यक्ष बनाउने निर्णय गरि अखिल (क्रान्तिकारी) मा लादेका थिए।

अध्यक्ष सहमतिको आधारमा नेतृत्व चयन गरिने जनाएपनि नेतृत्व विवादका कारण क्रान्तिकारीमा विवाद छताछुल्ल बनेको छ ।

राष्ट्रिय सम्मेलनबाट पारित विधान मिचेर जथाभावी गरेको भन्दै अखिल (क्रान्तिकारी) का निवर्तमान सचिव तथा बागमती प्रदेश संयोजक पवन कार्की समर्थकले नाराबाजी गरेपछि विवाद चर्किएको थियो । क्रान्तिकारीले विधान संशोधन गरेर ३९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ ।

२५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति बनाउने विधान पारित गरेको क्रान्तिकारीले बढाउदै अहिले ३९९ पुर्‍याउने तयारी गरेपछि विधान मिचिएको भन्दै सुरु भएको नाराबाजीलाई मत्थर पार्न नेताहरुले अपिल गरेपनि विवाद झन चर्किएको छ ।

IME Life
kumari