citizens life insurance long ad
stcnepal long ad

चन्द्रागिरी नगरमा घनश्याम सर्वसम्मत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन्। चन्द्रागिरी नगरपालिकाको हिजो आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन । उनी अहिले चन्द्रागिरी नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत रहेका छन् ।

यस्तै दुई उपसभापतिमा राजेन्द्रविक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ, दुई सचिवमा नविन महर्जन र राजेन्द्र महर्जन, दुई सहसचिवमा भुवन श्रेष्ठ र जीवनकुमारी गिरी निर्वाचित भएका छन। कार्यसमितिले कोषाध्यक्षमा विनु बस्नेत र मन्जयप्रकाश श्रेष्ठलाई मनोनयन गर्ने सहमति भएको छ ।

चन्द्रागिरी नगरपालिका काठमाडौँभित्र काठमाडौं महानगरपालिका पछिको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वटा वडाहरू रहेका छन् । कलंकी देखि धादिङ खानिखोला छेउको पिपलामोड सम्म चन्द्रागिरी नगरपालिका पर्दछ। काठमाडौंभित्र सर्वसम्मत नेतृत्व छनोट हुने चन्द्रागिरी नगरपालिका पहिलो हो ।

यसअघि काठमाडौं महानगरपालिका सहित ९ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । कीर्तिपुर नगरपालिकाको सर्वसम्मत नेतृत्व चयन गर्ने भएकाले नेतृत्व चयनमा ढिला भएको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को वडा अधिवेशन हुन नसकेर पालिका अधिवेशन रोकिन पुगेको छ।

दक्षिणकाली नगरपालिकामा पनि दशैंअघि निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समिति अगाडि बढिरहेको निर्वाचन समितिका नरहरि आचार्यले बताएका छन ।

IME Life
kumari