citizens life insurance long ad
stcnepal long ad

श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३ वर्षमा

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २२ औ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।

२३ वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले “देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउदै लैजाने बताए ।

अध्यक्ष श्रेष्ठले पछिल्लो समय संस्था विरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको पनि बताए । ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै उनले कानुनकोविरुद्धमा कोही पनि अघि बढ्न नसक्ने बताए ।

दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमाडौंकोे चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । गतवर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा वि.सं २०५६ साल भदौ १८ गते दर्ता भई वि.सं २०५६ साल असोज १५ गते अर्थात आज कै दिनबाट कारोबार सुरु गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि, शिक्षा क्षेत्र तर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.रकलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रसोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि। लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

 

IME Life
kumari