stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालले भारतसँग खरिद गरेको कोरोना विरुद्धको कोभिसिल्ड छिट्टै आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।  भारतसँग नेपालले खरिद गरेको कोरोना विरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ ।

भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिसिल्ड खोप आउने मिति नतोकिए पनि खोप आउने पक्का भएको जानकारी दिँदै भन्नुभयो, “अब छिट्टै खोप आउने जानकारी प्राप्त भएको छ । ”

विश्वकै सबभन्दा ठूलो खोप निर्माता मध्येको भारतले कोभिडविरुद्धको कोभिसिल्ड खोप अन्य देशमा लैजान रोक लगाएपछि नेपालल गायतका अन्य विकासोन्मुख देशलाई कोभिसिल्डको दोस्रो खोप लगाउन समस्या भएको थियो ।

१० लाख खोप खरिदका लागि नेपालले पहिल्यै भुक्तानी दिए पनि भारतले खोप दिन सकेको थिएन । भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले भारतले विश्वलाई खोपमा मद्दत गर्ने र कोभ्याक्सअन्तर्गतको जिम्मेवारी बहन गर्ने बताउनुभएको थियो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकमा कोभ्याक्स मार्फत वितरण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आगामी अक्टोबर भित्र खोप आउने सम्भावना रहेको बताउनु भयो ।

IME Lifesidebar
kumari