काठमाडौंमा कांग्रेसका वडा सभापति निर्वाचित हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज असोज ५ गते मंगलबार काठमाडौं जिल्लामा भएको वडा अधिवेशनबाट शंखरापुर नगरपालिकामा निर्वाचित भएका सभापतिहरुमा वडा नं १ रमेश तिवारी, वडा नं २ सन्तोष चौलागाईं, वडा नं ३ षड् कुमार खतिवडा,वडा नं ४ सोनाम लामा, वडा नं ५ गणेश दुलाल, वडा नं ६ निर्वाचन भैरहेको परिणाम आउन बाँकी रहेको,वडा नं ७ आजको लागि स्थगित भएको र भोलि २ बजे हुने भनिएको,वडा नं ८ सृजन खड्का, वडा नं ९ मणिराम खड्का रहेका छन।
यसैगरि कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित हुने कांग्रेस वडा सभापतिहरूमा
वडा नं १ शैलेन्द्र कुइकेल,वडा नं २ सुरज खड्का, वडा नं ३ कुमार बिक्रम थापा, वडा नं ४ मा आजको लागि स्थगित भइ भोलि ११ बजे हुने निर्वाचन हुने, वडा नं ५ मा विवाद भइ अनिश्चित कालको लागि स्थगित भएको छ।
यसैगरि गोकर्णेश्वर नगरपालिकामा निर्वाचित हुने वडा सभापतिहरूमा वडा नं १ मा निर्वाचन भैरहेको, वडा नं २ मा दिपेन्द्र कुमार लामा, वडा नं ३ मा मतगणना भैरहेको छ।
यसैगरि वडा नं ४ मा आज स्थगित भइ भोली निर्वाचन हुने,वडा नं ५ मा शेखर सुवेदी, वडा नं ६ मा दिपक लामा, वडा नं ७ नं मा कुमार अर्याल,८ नं मा निर्वाचन भैरहेको, ९ नं मा राजिव थापा निर्वाचित भइरहेको छ। काठमाडौं महानगरपालिकाको वडानं ६ बौद्वमा उदघाटन सत्र सम्पन्न भइ उम्मेदवारी दर्ता गर्ने समय राती १२ बजेसम्म तोकिएको र निर्वाचन भोली असोज ६ गते हुने भएको छ।




















