citizens life insurance long ad

सरकारले एक दर्जन राजदुत फिर्ता बोलाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले केपी शर्मा ओली नेतृत्वको पुर्व सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । परराष्ट्र क्यारियरका राजदूतहरुलाई भने फिर्ता नगरिने भएको छ।

फिर्ता बोलाउने राजदुतहरूमा महेन्द्रबहादुर पाण्डेय (चीन), डा. वंशीधर मिश्र (बंगलादेश) ,
नारदमुनि भारद्धाज (कतार), डा.युवराज खतिवडा (अमेरिका), डा. अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफूटी शेर्पा (स्पेन), डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत), लोकदर्शन रेग्मी (बेलायत), शर्मिला ढकाल पराजुली (ओमान) र प्रधानमन्त्री शेर बहादुर देउवकी सासुआमा प्रतिभा राणा (जापान) रहेका छन्।

 

IME Life
kumari