stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 दोहोरो अकंको नेप्सेमा वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । केहि दिन देखि निरन्तर ओरालो लागेको सेयर बजार (नेप्से) आज मंगलबार भने दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक १३ दशमलव ८३ अकंले बढेर समग्र परिसूचक २७१२ दशमलव ०७ बिन्दुमा पुगेको हो ।

त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ३६ अकंले बढेर ५०८ दशमलब ६३ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२३ कम्पनीको ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैंया बराबरको १ करोड ५३ लाख ६ हजार ०६१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९५ हजार ६ सय ४६ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, नविल बैंक, नेपाल इन्फास्ट्रक्चर बैंक, हिमालयन डिष्टिलरी, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नबिल ब्यालेन्सड फण्ड, नेपाल इन्फास्ट्रक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर, नबिल इक्यूटी फण्ड, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज मनाकामना स्मार्ट लघुवित्त, रुरु जलविघृत कम्पनी, नेपाल इन्फास्ट्रक्चर बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु कमाउने परेका छन भने सानिमा लार्ज क्याप फण्ड, एक्सल डेभल्पमेन्ट बैंक, जानकी फाइनान्स, माउन्टेन इनर्जी, सर्पोट माईक्रोफाइनान्स लगायतका कम्पनीका लगानीकताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा १२२ कम्पनी लागनीकर्ताले कमाउदाँ ५४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ९ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

 

prabhu mahalaxmi
kumari